(१) यस ऐनको उद्देश्य कार्यान्वित गर्नको निमित्त नेपाल सरकारले नियम बनाउन सक्तछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वमान्यतामा प्रतिकूल प्रभाव नपारी नेपाल सरकारले देहायका विषयहरुमा नियम बनाउन सक्तछ –
(क) निकासी पैठारीको इजाजत पत्र जारी गर्न र इजाजत पत्रको ढाँचा,
(ख) सो इजाजतपत्र प्राप्त गर्न पेश गर्नु पर्ने दरखास्त र प्रमाणहरु,
(ग) इजाजतपत्र दस्तुर,
(घ) इजाजतपत्र प्रदान गर्ने अधिकारीहरु मुकरर गर्ने,
(ङ) इजाजतपत्र पाउनेहरु र इजाजतपत्रको परिमाण निर्धारित गर्ने,
(च) बिना इजाजतपत्र निकासी पैठारी गर्न पाउने सहुलियत प्रदान गर्ने,
(छ) निकासी पैठारी गर्दा इजाजतपत्र देखाउने,
(ज) इजाजतपत्र बहाल रहने अवधि तोक्ने र अबधि समाप्त भएको इजाजतपत्रको म्याद बढाउने,
(झ) इजाजतपत्र खारेज गर्न वा स्थगित हुन सक्ने अवस्था,
(ञ) इजाजतपत्र बमोजिम निकासी पैठारी भएको वस्तुहरुको तोकिएबमोजिमको तथ्याङ्क वा विवरण दाखिला गराउने ।